ताजा समाचार

बालविवाह गराउने चार जना प्रहरीको फन्दामा

काठमाडौं । बालबिवाह गरेको आरोपमा प्रहरीले गुल्मीमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मीको खड्गकोट–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविसको वडा–२ का नारायणप्रसाद कँडेललाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय लक्ष्मी रिजाललाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन् ।

उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।
मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org