ताजा समाचार

जडीबुटीसहित तीन जना व्यापारी पक्राउ

 

जाजरकोट । अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र वडा–८ का सन्तोष खत्री पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र दुई सय किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो ।

प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताए । अवैध रूपमा ट्र्याक्टरमा ाराखेर जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org