ताजा समाचार

माइक्रोबस दुर्घटनामा १६ घाइते

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा सोमबार भएको माइक्रोबस दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नम्बरको हाइस माइक्रोबस आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक फरार छन् । उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org