ताजा समाचार

सुनारले बनाए ओशियन गाडी

काठमाडौं । बाग्लुङका १८ बर्षिय किशोर भिम सुनारले ‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् ।
सुनारले एक महिना समय लगाएर निमार्ण गरेको गाडी सार्वजनिक गरेका हुन् । सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शन गर्नु पथ्र्यो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो।’
सुनारले अघि थपे, ‘यो गाडी ८० हजार लगानीमा निमार्ण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने युवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’
सञ्चारकर्मीले मेशिनको निमार्ण कसरी गर्नु भयो नि भनेर गरेको प्रश्नको जवाफमा उनले भने,‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रिबाट चल्ने गाडि बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडिको स्ट्रिङ मैले आफै बनाएको हुँ, राज्यले हामीलाई नहरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षेमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लाग्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org