ताजा समाचार

इलाम पत्रकार महासंघमा कोकिला

काठमाडौं । नेपाल पत्रकार महासंघ इलामको १० औँ जिल्ला अधिवेशनले कोकिला ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ढकाल नेपालमै पत्रकार महासंघको पहिलो महिला जिल्ला अध्यक्ष बनेकी हुन् ।
समितिको उपाध्यक्षमा सुजन तिम्सिना र कौशिला खिम्दुङ राई, सचिवमा ख्याम भुजेल, सहसचिवमा राजेश पराजुली र बलराम बराइली र कोषाध्यक्षमा जयकुमार राई निर्वाचित भएका छन् ।
समितिका सदस्यमा ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरागाईं, नमिन ढकाल, गोपाल निरौला, योगेन्द्रकुमार शङ्कर, बुद्धमाया सोङ्मी, दिवाकर भण्डारी, दिनेशकुमार महत र सन्तोष नेम्वाङ निर्वाचित भए ।
केन्द्रीय पार्षदमा डिल्ली चापागाईं, सुष्मा श्रेष्ठ, इन्दिराकुमारी घिमिरे, रीता राई, सटेन्द्रकुमार जवेगु, भीमप्रसाद चापागाईं, प्रकाश अधिकारी, बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दहाल, अशोककुमार प्रधान, विमलकुमार दाहाल र मोहनमान श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै

त्यस्तै, प्रदेश सभासदमा कुमार गुरुङ, भीमसङ्गम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुव्वा, सोम सुनुवार, नवराज बर्देवा, मंगेश खालिङ, सुमन लावती, याम मावोहाङ लिम्बू, मिलन आचार्य, विचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणीन्द्र सङ्गम सापकोटा र प्रेमप्रसाद भण्डारी निर्वाचित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org