ताजा समाचार

स्थानीय निर्वाचन सफल बनाउन सञ्चारमाध्यमलाई प्रधानमन्त्रीको आग्रह

न्युज-नेपाल संवाददाता/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन सफल बनाउन आग्रह गरेका छन् । सञ्चारग्राममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियाले उपर्युक्त वातावरण बनाउन आग्रह गर्दै गणतन्त्र सुदृढ र संस्थागत नभएसम्म खतराहरु ल्याउनेतर्फ ठूलो तप्का लागेको वताए ।

दिवंगत तथा संघर्षशील पत्रकारको स्मृति र सम्मानमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको कापी–कलम अंकित पत्रकार स्तम्भको अनावरणपछि प्रचण्डले १९ बर्षदेखि स्थानीय निकायमा निर्वाचन नहुँदा अनेकन विकृति र विसंगतीहरु मौलाएको, चुनौतीकावीच सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको र गणतन्त्रको अनुभूति गर्नेगरी प्रतिफल दिन सक्ने अवस्थाको निम्ति चुनाव हुनैपर्ने र यसबाट गणतन्त्रको उपलब्धि संस्थागत हुने वताए ।

संविधानको घोषणाले सिंहदरवारको अधिकार जनतासम्म पुगेको र युद्धदेखि जनआन्दोलनसम्म पत्रकारको उल्लेखनीय भूमिका रहेको स्मरण गराउँदै प्रेस स्वतन्त्रता, प्रेस नीतिनियमको निर्माणका साथै प्रोत्साहनको लागि सरकार गम्भिर रहेको र काउन्सिलको पछिल्लो विद्युतीय माध्यम अभिलेखीकरण लगायतका गतिविधिले विसंगतिविरुद्ध ठूलो सन्देश दिएको प्रधानमन्त्री दाहालले वताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बलिदानीको कदरस्वरुप निर्मित पत्रकार स्तम्भ अनावरण कार्यक्रममा सकारात्मक आलोचनाबाट समाजलाई पारदर्शी बनाउँदै जनता र राजनेतालाई दिशाबोध गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्र्णबहादुर कार्कीले स्वस्थ, मर्यादित पत्रकारिताको विकासका लागि काउन्सिलले निरन्तर प्रोत्साहनका कार्यक्रममा जोड दिएको धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सशस्त्र द्वन्द्वपछि शंकास्पद र बेपत्ता गरी ३६ जना पत्रकारले ज्यान गुमाएका बताउनुहुँदै ऐतिहासिक नेपालको संविधानको कार्यान्वयनमा सवै पक्ष गम्भिर हुनुपर्ने धारणा व्यक्त गरे ।

विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुहुँदै बिद्युतीय सञ्चारमाध्यममा अलि अराजकता मौलाएको बताउँदै ऐतिहासिक संविधानसभा निर्वाचन ताका प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन गरेको स्मरण गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org