ताजा समाचार

सिरहामा दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । सिरहाका बिभिन्न स्थानमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहाको पिप्रा–५ स्थित भित्री सडक खण्डमा मंगलबार राति करिव ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा–५ का रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको हो ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org