ताजा समाचार

अपाङ्गलाई सामुदायिक वनबाट भत्ता

काठमाडौं । अपाङ्गत भएका व्यक्तिलाई कञ्चनपुरको झलारी बैजनाथ सामुदायिक वनले भत्ता रकम दिने भएको छ ।
सामुदायिक वनले समूह बचत तथा राहत कोष स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रुपमा तीन सयका दरले भत्ता उपलव्ध गराएको हो ।

“बौद्धिक, शारीरिक, मानसिक अपाङग र दृष्टीविहीन १४ जनालाई भत्ताको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएका छौं” सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भने ।

सामुदायिक वनले कार्य क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आर्थिकरुपमा विपन्न र अरूको सहारामा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी भत्ताको रकम उपलब्ध गराउँदै आएको हो । समूहका अनुसार पूर्ण अपाङ्गता भएकालाई पहिलो प्राथमिकतामा राखेर भत्ताको रकम उपलव्ध गराउने व्यवस्थापछि मात्रै आंशिक अपाङ्गता भएकालाई भत्ताको रकम दिइने छ ।
हाल कोषमा एक लाख २४ हजार रुपैयाँ रहेको छ । सामुदायिक वनले आर्थिक वर्ष २०७३÷०७४ देखि अपाङ्गता भएकाहरुलाई भत्ताको रकम दिने व्यवस्था गरेको हो । २०५८ सालमा स्थापना भएको सामुदायिक वनमा ५ सय ४० उपभोक्ता आश्रित रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org