ताजा समाचार

२० डिआइजीको सरुवा, ५ क्षेत्रका प्रमुख फेरिए

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २० जना नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । जसमा क्षेत्रमा रहेका सबैको सरुवा भएको हो ।
मन्त्रालयका अनुसार ट्राफिक महाशाखाका प्रकाश अर्याल प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग, बमबहादुर भण्डारी महानगरीय प्रहरी कार्यालय, पशुपति उपाद्याय प्रधान कार्यालय कार्य विभाग, देवेन्द्रजंग सुवेदी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र बिजयलाल कायस्थ क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।
डिआइजी मधुशुधन पुडासैनीको क्षेत्रीय प्रहरी कार्यालय पोखरा, माधवप्रसाद जोशी प्रधान कार्यालय प्रवन्ध, केशरीराज घिमिरे मानव श्रोत विभाग, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मिङमार लामा ट्राफिक महाशाखा र पंकज श्रेष्ठ एयरपोर्ट सुरक्षा गार्ड कार्यालयमा सरुवा भए ।
यस्तै माधवप्रसाद नेपाल तालिम निर्देशनालय, हेमन्तबहादुर पाल बिशेष ब्युरो, गोविन्दप्रसाद निरौला अन्वेषण र रोमेन्द्रसिंह देउजा सुदूरपश्चिम सरुवा भएका हुन् ।
बिजयकुमार भट्ट महिला तथा बालबालिका निर्देशनालय, सुदीप आचार्य राष्ट्रिय सुरक्षा परिषद्, गणेश केशी क्षेत्रीय कार्यालय हेटौडा, केदारमानसिंह भण्डारी अपराध अनुसन्धान बिद्यालय र रमेशकुमार भट्टराईको पूर्व क्षेत्र बिराटनगर सरुवा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org