ताजा समाचार

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै आमरण अनसन

काठमाडौं । पाँचथर र इलामका २ जना पत्रकारले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनसन सुरु गरेका छन् । राजनीतिक भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नु पर्ने उनीहरुको माग छ ।
महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा तालाबन्दी गरेर पत्रकारहरु लबदेव ढुंगाना र प्रेम अधिकारी चार बुँदे माग राख्दै अनसन बसेका हुन् । ढुंगाना पाँचथरका र अधिकारी इलामका पत्रकार हुन् ।

उनीहरुले इलाम र ताप्लेजुङ अधिवेशन विधान विपरित धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गर्दै त्यसलाई खारेज गरी केन्द्रीय प्रतिनिधिद्वय खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्न माग पनि गरेका छन् ।

नक्कली विवाद खडा गरी पाँचथर शाखा लगायतमा विधान विपरित शाखा बाहिरबाट केन्द्रमा ल्याइएका नयाँ सदस्यता र नविकरणको कार्य तत्काल फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता नविकरण र स्थानान्तरणको अन्तिम टुंगो लगाएपछिमात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोक्नुपर्ने उनीहरुको माग छ ।

ढुंगाना र अधिकारीले दलीय भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नुपर्ने, नेपाल पत्रकार महासंघका घोषित जिल्ला तथा प्रतिष्ठान शाखा अधिवेशनहरु तत्काल स्थगित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org