ताजा समाचार

फोनबाट एक करोड फिरौती माग्ने पौडेल प्रहरी फन्दामा

काठमाडौं । एक फाइनान्स सञ्चालकसँग करोड रुपैयाँ माग गर्ने युवा प्रहरी फन्दामा परेका छन् ।
मुकुल फाइनान्स लिमिटेडका एक सञ्चालकसँग ठूलो रकम असुल गर्ने उद्देश्य राखेर विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाल्दै फोन तथा एसएमएस गर्दै धाकधम्की दिने धादिङको जिवनपुर–५ का ३२ वर्षीय बिदुर पौडेललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
पौडेलले एक करोड रुपैयाँ माग गरेका र उक्त रकम नदिए अपहरण गरि ज्यान मार्ने समेतको धम्की दिएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । पौडेल काठमाडौंको नयाँबजार बस्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org