ताजा समाचार

राजधानीको न्युरोडमा अपहरणपछि लुटपाट, ६ जना पक्राउ

काठमाडौं । राजधानीको न्यूरोडमा योजनावद्ध रुपले अपहरण र त्यसपछि लुटपाट भएको छ । दुई दिनअघि भएको घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखले  काका नारायण खराल र भतिज विधान खराल अपहरित भएका हुन् ।  न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिरिन लाग्दा ६ जनाको समूहले अख्तियारबाट आएको भन्दै अपहरण गरेर डल्लुतर्फ लगेको थियो ।

डल्लु पुर्‍याएर हतियार देखाउँदै खराल काकाभतिजसँग भएको रकम तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइल र पर्स लुटेर यो समूह भागेको थियो । २ दिनसम्मको अनुसन्धानपछि महाखाले गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियारलाई पक्राउ गरेको हो ।

लुटपाटका मुख्य योजनाकारमा विश्वास र नारायण हुन् । प्रहरीका अनुसार नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्दै आएका थिए । उनीहरुले लुटपाटको योजना बनाएपछि सहयोगी खोजेर अपहरण तथा लटपाट गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

यो घटना गत मंगलबार करिव ३ बजेको हो । लुटेरा समूह भागेपछि काकाभतिज अपराध महाशाखा पुगेर प्रहरीमा उजुर दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org