ताजा समाचार

मालपोतका कर्मचारी साढे ५ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषीराम बुढाथोकी, कार्यालय सहयोगी केशव खत्री लेखा व्यवसायी विष्णु निसुतुले मोहीले भोगचलन गरेको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रयोजनमा घुस माग गरेको अख्तियारले जनाएको छ ।
आयोगबाट खटिएको टोलीले नायव सुब्बा बुढाथोकीका साथबाट ३ लाख र श्रोत नखुलेको १ लाख ४ हजार ५ सय, कार्यालय सहयोगी खत्रीका साथबाट १ लाख र निसुतुका साथबाट २९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
उनीहरुलाई भक्तपुरको शुवर्ण भोजनालयबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सहसचिव जिवराज कोइरालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org