ताजा समाचार

देशका आठ स्थानमा आगलागीले ५५ लाखबढी क्षति

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा ५५ लाख रुपैयाँबढीको क्षति भएको छ ।
कपिलबस्तुको महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको हो । कंचनपुरको पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ ।
बाराको कलैया नगरपालिका–३ का हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ । मोरङको थलहा–८ का ५२ बर्षीय थेमन्त राजबंशीको फुसको घरमा बिजुली सर्ट भई आगलगी हुँदा थेमन्त राजबंशी लगायत ३ जनाको घरमा आगलागी भयो । करिव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको मोरङ प्रहरीले जनाएको छ ।
पर्साको बिरगंज उपमहानगरपालिका–२८ चण्डालचोका अम्बिकाप्रसाद मलाहको हार्डवयर पसलमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कपासेका देउबहादुर बिकको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा करीब ८ लाख रुपैयाँ बराबरको धनमाल जल्यो । यस्तै सुनसरी र बारामा पनि आगलागी भएको छ । बाराको गढि़माई नगरपालिका–९ नितनपुर चोकमा रहेको कृष्ण वनस्पति घ्यू उद्योगको गोदाममा बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बारा प्रहरीले जनाएको छ । हावाहुरीका कारण पछिल्लो समय आगलागीका घटना भइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org