ताजा समाचार

शिवरात्रीमा पशुपति क्षेत्रका सबै रुटमा यातायात बन्द, यी रुट प्रयोग गर्नुहोस्

काठमाडौं । महाशिवरात्रीका अवसरमा तीर्थालु र भक्तजनको सहजताका लागि ट्राफिक प्रहरीले धेरै रुटमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधन प्रवेश रोक लगाएका रुटमा चावहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वर मैतिदेवि मोड्बाट रातोपुल हुदै गौशाला, मैतिदेवि चोकबाट पुरानोवानेश्वर, द्वारिका होटलको उत्तर तर्फको शाखा मार्ग र सिफल चौरबाट जयबागेश्वरी छन् ।

यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशाला जान रोक लगाइएको छ । मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगा तर्पm जान पाउने छैनन् । जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाट तर्फ आउन पनि रोक लगाएको छ । सिनामंगल पुलबाट करिडोरको मार्ग हुदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिल तर्फ निषेध गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार मालबाहक सवारी साधनलाई तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चावहिलतर्र्फ आउन रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि शुक्रबार आवतजावत गर्न दिइने छैन ।
यात्रुबाहक सवारी साधनलाई नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्नेलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोहि मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । रातोपुल गौशाला, चावहिलहुँदै बौद्धतर्फ चल्ने सवारी साधनहरु पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोहि बाटो फिर्ता हुने छन् । कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोहि बाटो भएर फर्कनु पर्नेछ ।
रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने माईक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरी प्रवक्ता एसपी लोकेन्द्र मल्लले बताए ।
शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वरबाट सेतोपुलहुँदै कालोपुल भएर करिडोरको बाटोहुँदै ओम अस्पताल निस्कनु पर्ने छ ।
तिलगंगामा दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक, अमालकोटमा भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन, सिफल चौरमा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन, गौशाला प्रहरी प्रभागमा पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन र पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पासवाला सवारी साधन पार्किङ गर्नु पर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org