ताजा समाचार

कञ्चनपुरमा आरक्षपीडित–प्रहरीबीच झडप,दुबैतर्फ केही घाइते

काठमाडौं । कञ्चनपुरमा शुक्लाफाँटा आरक्षपीडित र प्रहरीबीच आज झडप भएको छ । आरक्षपीडितले सरकारले आफूहरुलाई बेवास्ता गरेको भन्दै राजमार्ग बन्द गर्नेसमेतका आन्दोलन गर्न थालेपछि त्यसलाई रोक्न गएको प्रहरीसँग झडप भएको हो । झडपमा प्रहरी र आरक्षपीडित तर्फका केही घाइते भएका छन् ।
आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीले लाठीचार्जदेखि हवाई फायरसम्म गरेको छ ।
आन्दोलनकारीले प्रहरीलाई ढुंगामुडा गर्न थालेपछि भिड नियन्त्रणमा लिन लाठीचार्ज र ७ राउण्ड हवाई फायर गरेको कन्चनपुरका प्रहरी उपरीक्षक प्रकाश चन्दले बताए । प्रदर्शनकारी ७ जना पक्राउ परेका छन् ।

२०५८ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने निर्णय भएको थियो । तर उनीहरुले अझै जमिन पाएका छैनन् । जमिन पाउन उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org