ताजा समाचार

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी –बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेकी छन् ।

महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प्रभावकारी, परिणाममूखि बनाउन सवै सञ्चारमाध्यम, पत्रकारहरुलाई लागू हुनेगरी प्रतिवेदनलाई तत्कालै कार्यान्वयनमा ल्याउने अध्यक्ष कार्कीले प्रतिवद्धता प्रकट गरे ।

प्रेस काउन्सिल ऐन, ०४८ को ७ ख ले दिएको अधिकार प्रयोग गरी निर्मित आचारसंहितामा महिलाको हक, हित, समानताको प्रवद्र्धन, महिलाको पेशागत हित, उत्तरदायित्व र जवाफदेहीताको पक्षलाई समेटी तयार गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org