ताजा समाचार

स्ववियु निर्वाचन : अवरुद्ध क्याम्पसमा मनोनयन दर्ता हुँदै

काठमाडौं, १५ फागुन । विभिन्न विद्यार्थी संगठनको बिरोध र तालाबन्दीका कारण प्रभावित बनेको स्ववियु निर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज हुँदैछ ।

विद्यार्थी संगठनको तालाबन्दीले मुलुकभरका ३८ क्याम्पसमा हिजो हुने भनिएको उम्मेदवार मनोनयन दर्ता हुन सकेको थिएन । त्रिविका रेक्टर सुधा त्रिपाठीका अनुसार हिजो मनोनयन दर्ता नभएका क्याम्पसमा आज साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने र भोली बिहान १० बजेसम्म आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।

जस्तोसुकै अवस्थामा पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न त्रीवि तयार रहेको त्रिपाठीको भनाई छ । यसैबीच प्रमुख विद्यार्थी संगठन र त्रीविका बीचमा समन्वयात्मक छलफल गर्ने र प्रभावित बनेको कार्यतालिका संशोधन गरी मनोनयन दर्ता नभएका क्याम्पसमा आज प्रक्रिया अघि बढाउने सहमती भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दिए ।

त्रिबिसँग निर्वाचन सहमती भइसकेकाले क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचन प्रक्रियामा सहभागी हुने र निर्धारित समयमा नै निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठन एकमत भएको बस्नेतको भनाई छ ।

यसैबीच, हिजो मनोनयन दर्ता भएका २२ वटा क्याम्पसमा भने आज निर्धारित कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढ्ने त्रिविले जनाएको छ ।

उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्न १० बजेसम्मको समय निर्धारण गरेको त्रिबिले छानविनपछि मध्यान्न १२ बजे नामावली प्रकाशन गर्ने जनाएको छ ।

अपरान्ह ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकेको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org