ताजा समाचार

बच्चालाई सेक्सबारे शिक्षा दिनु आवश्यक छ ?

एजेन्सी । केही मानिसहरु विद्यालयमा बच्चालाई पोर्नोग्राफी र सेक्सटिंगको असरको बारेमा शिक्षा दिनुपर्ने पक्षमा देखिएका छन् । बेलायतमा एक गैर सरकारी संगठन प्लान इन्टरनेशनलले ७५ प्रतिशत जनता पोर्नको असरबारेमा सिलेबसमा अनिवार्य रुपमा सामेल गर्नुपर्ने पक्षमा रहेको बताएको छ । हालै संगठनले गरेको सर्भेको हवाला दिँदै ७ प्रतिशत जनता भने यसको विपक्षमा रहेको जनाएको छ ।

दुई हजार वयस्क व्यक्तिमा गरिएको सर्वेक्षणमा ७१ प्रतिशतले बच्चालाई सेक्सटिंगसँग जोडिएको सबक सिकाउनुपर्नेमा जोड दिएका छन् । सेक्सका बारेमा गरिने च्याटिङलाई सेक्सटिंग भनिन्छ । बेलायती शिक्षामन्त्री जस्टिन ग्रिनिङले यस बारेमा विचार गरिरहेको भएपनि कानुनमा परिवर्तन गर्नेबारेमा कुनै प्रस्ताव नरहेको जनाएका छन् । प्लान इन्टरनेशनल युकेका प्रमुख तान्या ब्यारोनले बच्चालाई २१ औं शताब्दी सुहाउदो शिक्षा दिनुपर्ने बताएका छन् ।

बेलायतमा ११ वर्षभन्दा माथिका बच्चालाई यौन शिक्षा अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेको छ । तर यसका बाबजुद धेरै विद्यालय यसलाई सिलेबसमा राख्न बाध्य छैनन् । स्कटल्यान्ड, वेल्स र आयरल्यान्डका माध्यमिक विद्यालयमा सेक्सका बारेमा पढाइन्छ । तर यसको आफ्नै व्यवस्था छ । आमा बाबुले चाहेमा यस्तो कक्षाभन्दा बाहिर राख्न पनि सक्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org