ताजा समाचार

‘लुट्न’ सिकाउने चलचित्र लुट–२ !

काठमाडौं । चार वर्ष अगाडि रिलिज भएको चलचित्र ‘लुट’ले एउटा भिन्न नाम र परिचय बनायो । दर्शकको मन यसरी जित्यो की ‘लुट’का निर्देशक र ‘लुट’का धेरै कलाकारलाई स्थापित नै ग¥यो । खासै चर्चामा नआएका निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रले नेपाली चलचित्रमा एउटा कोसेढुङ्गाको रुपमा स्थापित गरेको फिल्मका पण्डितहरु बताउँछन् । उनै युवा निर्देशन निश्चल बस्नेतले चार वर्षपछि तेस्रो चलचित्रका रूपमा पहिलो चलचित्रको सिक्वेल लुट २ लिएर दर्शकमाझ आएको दुई साता नवित्दै चलचित्रले आक्रामक व्यापार गगरेको छ ।

‘लुट’ मा हाकु ‘सौगात मल्ल’ले गोफ्ले ‘दयाहाङ राई’, पाण्डे ‘सुशीलराज पाण्डे’, खत्री ‘प्रतीकराज न्यौपाने’ र नरे ‘कर्मा शाक्य’ लाई पैसाको सपना देखाएर सहकार्यका लागि एक ठाउँमा भेला गराएको थियो । तर, अन्तिममा हाकुले उनीहरूलाई धोका दिएको थियो । जेल परेका उनीहरू भूकम्पका बेला जेल तोडेर भाग्छन् ।

रिसले बाघजस्ता भएका उनीहरू हाकुलाई खोज्छन् । पटक-पटक भेट्छन् पनि । बदला लिन खोज्छन् ।
तर, गल्लिबाट उठेर महलमा पुगेको ‘मास्तर प्लान’वाला हाकु पनि कमको हुँदैन ।

उसको ‘मास्तर प्लान’ यथावतै हुन्छ । गोफ्ले, पाण्डे, खत्री र नरेको जीवन भने घन्टाघरको घडीको सुई जस्तै यताउति हल्लिरहन्छ । मूलबाटो पक्रिन सक्तैन । यही हो ‘लुट–२’ को ‘मास्टर’ कथा । विद्यमान अस्थिर राजनीतिक, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को लगलाइन हो ।

भारतले नेपालमाथि लगाएको  नाकाबन्दीको मौका छोपेर गरिएको कालो धन्दा चलचित्रले छर्लङ्ग पारिदिएको छ । चलचित्रका मुख्य पात्रहरू नाकाबन्दीको मौका छोपेर मौन प्रशासनको फाइदा लुट्दै कालो धन्दामा सक्रिय हुन्छन् । राज्य बेखबर हुन्छ । 

भूकम्पको मौकामा जेलबाट भागेका नरे ‘कर्मा’, गोफ्ले ‘दयाहाङ’ पाण्डे ‘सुशील राज पाण्डे’, देवेन ‘प्रतिक राज न्यौपाने’ आफूलाई फसाएका हाकुसँग बदला लिन लाई दिनरात खोजिरहेका छन्। उनीहरूले हाकुलाई कसरी भेट्टाउँछन् र आफ्नो बदला लिन सक्छन् या सक्दैनन् यसैको सेरोफेरोमा चलचित्रको कथा रहेको छ।

‘लुट’ मन पराएका दर्शकलाई ‘लुट २’ कतिको राम्रो छ कि छैन ? भन्ने प्रश्नमा पत्रकार केदारनाथ नेपाल ‘निश्चल’ले ‘लुट २’ राम्रो रहेको प्रतिक्रिया दिए । कुनै पनि चलचित्रको सिक्वेल भनेपछि उही पात्र र जहाँ सकिएको हुन्छ कथा त्यहाँबाट सुरु भन्ने बुझिन्छ । जुन कुरा ‘लुट’को सिक्वेल ‘लुट २’ मा रहेको छ । चलचित्रले दर्शकलाई हसाउँनेसँगै चलचित्रमा सस्पेन्स् पनि रहेको छ । जसको कारणले पनि दर्शकलाई चलचित्र हेर्दासम्म बोर फिलिङ हुँदैन ।

करिब २ घण्टा १० मिनेटको चलचित्रमा कुनै कुनै दृश्यमा क्यामरा फोकश आउट हो की जस्तो लाग्छ । जसको कारणले दर्शकलाई हेर्दा किन सफा आएन् भन्ने लाग्न सक्छ । चलचित्रमा सबै कलाकारहरूको अभिनय दमदार छ । सौगातले आफूलाई ‘हाकुु’को रुपमा पहिलेको जस्तै गरी समाइरहेका छन् । दयाहाङ आफू ‘गोफ्ले’ बनेको भूमिकामा एकदमै दमदार छन् । ‘पित्तल’ बनेका विपिन कार्कीले आफ्नो अभिनयबाट पित्तललाई सहज रुपमा उभ्याएका छन्।
नरे बनेका कर्मा र खत्री बनेका प्रतिकले पनि पाएको भूमिकालाई सहज निर्वाह गरेका छन् ।

यसै गरी सिर्जना सुब्बा ‘पुतली’ र प्रविण खतिवडा ‘माने’को काम स्वभाविक छ। चलचित्रमा नवप्रवेशी अलिशा राईले पाएको ‘सुन्दरी’को भूमिकालाई पनि सहजै गरेकी छन्। यसैगरी कामेश्वर चौरसियाले राम्रो काम गरेका छन्। कामेश्वर चौरसियाको श्रीमती बनेकी सरिता साहले सानो रोल भएपनि राम्रो अभिनय गरेकी छिन् ।

निर्देशकका रूपमा निश्चल चलचित्रमामा सर्वोत्कृष्ट नभए पनि झुर्र पनि छैनन्। चलचित्रमा रहेका संवादका लागि भने निश्चल प्रशंसाका पात्र हुन्। ‘लुट’मा रहेको संवाद लयलाई उनले यसमा पनि उत्कृष्ट ढंगले निरन्तरता दिएका छन्। संवादहरु बोलिँदा हलमा दर्शकहरूले गर्ने हल्ला र तालीबाट उनको संवादहरुलाई दर्शकहरुले मन पराएको सहजै प्रमाणित हुन्छ ।

छायाँकारका रूपमा पुरूषोत्तम प्रधानको सिनेम्याटोग्राफी राम्रै रहेको छ। रोहित शाक्य तथा शैलेश श्रेष्ठको काम पनि तारिफ योग्य नै छ। दन्द्व निर्देशन राजकुमार उप्रेतीको काम पनि अब्बल नै रहेको छ। समग्रमा ‘लुट’ मनपराएका दर्शकलाई ‘लुट २’ले निराश भने पार्दैन। चलचित्र हेरिरहँदा दर्शकले मनोरञ्जन लिन्छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org