ताजा समाचार

राजधानीमा गुण्डा सलबलाएपछि प्रहरीले संकलन ग¥यो तीनपुस्ते विवरण

काठमाडौं । प्रहरीले राजधानीमा सक्रिय रहेका गुण्डाबिरुद्ध आक्रामक कारवाहीको चेतावनी दिएको छ । उनीहरुको बिवरण अद्यावधि गर्दै गुण्डागर्दीमा संलग्न भएको पाइएमा कडा कारवाही गरिने प्रहरीको दावी छ ।
हाल राजधानीमा रहेकामध्ये १ सय ६१ जना गुन्डाको ३ पुस्ते विवरण अद्यावधि गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए । उनका अनुसार अपराध महाशाखासँग मिलेर ती गुण्डाको विस्तृत विवरण संकलन गरिएको हो ।

आज पत्रकार सम्मेलन गर्दै एसएसपी जोशीले भने,‘बिगतमा संकलन गरेको विवरणलाई अद्यावधि गरिएको हो, हामीले एक महिनामा ३० जना गुण्डालाई नियन्त्रणमा लिइसकेका छौं ।’

प्रहरीले विवरण संकलन गरिएका गुण्डालाई अपराधिक गतिविधिमा संलग्न नहुन भनेको छ । भएको पाइएमा नछोड्ने प्रहरी अधिकारीहरुको भनाइ छ ।

राजधानीमा एक महिनामा तीन वटा अपहरणका घटना भएका थिए । बौद्धबाट ३ जना र ब्यापारी श्यामसुन्दर अग्रवाल आफ्नै घरमा काम गर्ने युवतीबाट अपहरणमा परेका थिए। न्युरोडको बैंकबाट रकम निकालेर फर्कदा काकाभतिजासँग रहेको ६ लाख पनि लुटिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org