ताजा समाचार

बन्दकर्ताबाट मोटरसाइकल तोडफोड

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु६प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन् ।
कपिलबस्तुमा बन्दकर्ताले पत्रकार, एम्बुलेन्स र कुटनीतिक नियोगका सवारीसाधनसमेत चल्न दिने सदभावाना पार्टीका केन्द्रीय सदस्य रबीदत्त मिश्र बताए ।

बिहानैदेखि गठबन्धनका कार्यकर्ताले कपिलबस्तुको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, कृष्णनगर, जहदी, धनकौली, बहादुरगन्ज, खरेन्द्रपुर, चन्द्रौटा, जवाभारीलगायतका मुख्य बजार पूर्ण रुपमा बन्द छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org