ताजा समाचार

जाजरकोट बस दुर्घटना : मृतक २६ मध्ये २१ को सनाखत (नामसहित)

काठमाडौं । जाजरकोटको भेरिमालिका नगरपालिका–४ बोहरागाउँ नजिक भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएकाको संख्या २६ पुगेको छ । दुर्घटनामा ३० जना गम्भीर घाइते छन् । घाइतेमध्ये २२ जनालाई उपचारका लागि नेपालगञ्ज तथा पाँच जनालाई रुकुमको चौरजहारी अस्पताल लगिएको छ ।

सामान्य घाइते ६ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । १६ जनाको जाजरकोट अस्पतालमा, एक जनाको चौरजहारी र ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये २१ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतक अधिकांश जाजरकोटका छन् । जाजरकोटका रामबहादुर बस्नेत, नन्दलाल जैसी, मदन पुन, सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, गणेश बोहरा, नबीन चन्द, शान्ता सुनार र दिलबहादुर बुढा दशेराको दुर्घटनामा मृत्यु भएको हो । यस्तै मनीराम जैसी, बहादुर भनारी, दले तिरुवा, हिउँसरा गिरी, गोब्ली सुनार, नैनी दमाई, चैते खत्री, भरत विसी र हरिबहादुर शाहीको खनाखत भएको छ । दुर्घटनामा सल्यान सुइकोटका उदय बुढा र रुकुम चौरजहारी–२ का कृष्ण गिरीको पनि मृत्यु भएको छ । मृतक ५ जनाको भने खनाखत हुन सकेको छैन । ६२ यात्रु सवार ना ३ ख २२७९ नम्बरको बस सदरमुकाम खलंगाबाट पश्चिम खारा बजार जाँदै गर्दा हिजो दिउँसो सडकबाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org