ताजा समाचार

उपप्रधानमन्त्री तथा गृह मन्त्री निधि भारत जाँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी तीन दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन्। चैत १ देखि ३ गतेसम्म भारतमा इन्डिया फाउन्डेसनले गर्ने आतंकवाद प्रतिवाद सम्बन्धी सम्मेलनमा भाग लिन निधि भारत जान लागेका हुन्। गृहमन्त्री निधि बेलुका ५ बजे नेपाल एयरलाइन्सको विमानबाट भारत जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए । गृहमन्त्रीसँग प्रहरी नायब महानिरीक्षक (डिआइजी) बमबहादुर भण्डारी, गृह मन्त्रालयका सहसचिव वालकृष्ण पन्थी पनि भारत भ्रमणमा सहभागी हुनेछन् ।
भारत भ्रमणका क्रममा निधिले केही राजनीतिक भेटघाट पनि गर्ने तय भएको छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, कांग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धी लगायतसँग भेट गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org