सत्र वर्षदेखि साङ्लोमा लीलाप्रसाद
झापा, ३० फागुन । हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन् । तर, झापा राजगढ–८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ ।
विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मार्नुभएको छैन, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेको छ । १९ वर्षीय छोरालाई १७ वर्षदेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहनुभएकी जानुका भन्नुहुन्छ – “बुढेसकालको सहारा त गुम्यो– गुम्या,े मेरो शेषपछि उसलाई कसले हेरिदेला रु”
बाल्यावस्थादेखि नै सुस्तमनःस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इसारा भने बुझ्छन् । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नफर्कने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताउनुभयो ।
आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भएको बताउँदै जानुका भन्नुहुन्छ – “छोरो निको होस् भन्ने चाहना कुन आमालाई हुँदैन, तर के गर्नु छोराको उपचार गराउने पैसा छैन् ।” छाक टार्नसमेत धौधौ हुन्छ, मजदुरी गर्न नगई हुँदैन त्यस्तो अवस्थामा उसलाई साङ्गाले बाँधेर जान्छु जानुकाले भन्नुभयो ।
आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि जानुकाले दातासमक्ष सहयोगको आशा गर्नुभएको छ । उहाँले राससकर्मीसँग भन्नुभयो – “एकपटक राम्रो डाक्टरलाई देखाउन पाए छोरो निको हुन्थ्यो कि भन्ने मनमा लागेको छ ।”
“जता हिँड्यो उतै हराउँछ, कतै गयो भने पानीमा डुब्ला, गाडीले किच्ला, कसैले कुटिदेला भनेर हामीले उसलाई साङ्लाले बाँधेका हौँ”, जानुकाले भन्नुभयो– “माया भए पनि छोरो बचाउन अर्को विकल्प नदेखेर उसलाई बाँधेका हौँ ।”
Comments
अरु समाचार
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...