ताजा समाचार

अब चुनाव कसैले रोक्न सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन÷कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।
आज राजधानीमा साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेकोले चुनावको लागि वातावरण बनाउनको लागि सबै राजनीतिक दलले पनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरु भित्रैपनि सहमति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘दलहरुवीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने यादवको भनाई थियो । उनले मधेशी मोर्चाले ०६४ सालामा पनि चुनावमा भाग नलिने निर्णय गरेको भएपनि पछि चुनावमा आएको उल्लेख गर्दै भने, ‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’
उनले आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पूनवरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन (छपाई) को काम भैरहेको समेत जानकारी दिए । उनले भने, ‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथअघि बढाएको छ ।’
यादवले निर्वाचनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भैरहेको जानकारी दिए । उनले भने, ‘जनशक्ति व्यवस्थापनको काम भैरहेको छ, यसको लागि हामीले सरकारलाई पनि चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौ ं।’ त्यस्तै उनले आयोग भित्रैपनि आन्तरिक कर्मचारी व्यवस्थापन भैरहेको स्पष्ट पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org