ताजा समाचार

१ करोड ६० लाख मतपत्र छाप्दै जनक शिक्षा

 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छपाईको काम सुरु गरेको छ । मतपत्र छपाईको जिम्मेवारी जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको निर्वाचन आयोगले आज साँझ छपाईको काम सुरु हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले हिजो जनकशिक्षा सामाग्री केन्द्रको स्थलगत निरिक्षण गरेपछि मतपत्र छपाईको काम सुरु हुन लागेको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको सम्पूर्ण तयारी पुरा भएको बताउदै त्यसको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिने बताए । जनक शिक्षा सामाग्री केन्द्रका प्रेस मतपत्र छाप्न तयारी अवस्थामा रहेको भन्दै निर्वाचन आयुक्त दाहालले समयमै काम सम्पन्न गर्न केन्द्र सक्षम रहेको बताए ।
करिब १ करोड ६० लाख मतपत्र छाप्ने बताएको निर्वाचन आयोगले ३५ दिन भित्र काम सक्ने तयारी गरेको छ । आयोगले ७ वटा पद समेटिएको मतपत्र तयार पारेको छ । गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाको हकमा प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र चारजना वडा सदस्य गरी ७ वटा पदका लागि मतपत्र तयार गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको संख्या अनुसार जिल्लागत आधारमा मतपत्रको आकार फरक पर्ने भएपनि ६ आकारमा मतपत्र छाप्ने तयारी निर्वाचन आयोगको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org