ताजा समाचार

स्थानीय निकाय निर्वाचनमा फेसबुक चलाए १ लाख जरीवाना

काठमाडौं । आगामी बैशाख ३१ मा हुने स्थानीय निकाय निर्वाचनमा फेसबुक र ट्वीटर चलाएमा एक लाख रुपैयाँसम्म जरीवाना हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको र त्यसमा फेसबुक र ट्वीटर चलाउन रोक लगाएको हो ।
मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्ने आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई त्यस्तो कार्य रोक्ने आदेश दिने छ ।

तर, आदेश दिँदा पनि त्यस्तो कार्य रोकिएन भने त्यस्तो राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ प्रावधान ऐनको दफा २३ को उपदफा ३ मा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org