ताजा समाचार

डिआइजी चन्दलाई फेरि आइजीपी बनाउँदै सरकार

 

काठमाडौं । सरकारले गरेको निर्णय सर्वोच्च अदालतले हिजो उल्टाएसँगै नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) को बन्ने भन्ने अन्यौल कायम छ ।
उच्च स्रोतका अनुसार आज अपह्रान्न मन्त्रपरिषद् बैठक बस्दै छ । र, डिआइजी जयबहादुर चन्दलाई नै पुनः आइजीपीमा बढुवा गर्ने तयारी छ ।
आजका पत्रपत्रिकाले डिआइजी नवराज सिलवाललाई आइजीपीमा बढुवा गर्ने बाटो खुलेको दावी गर्दै समाचार संप्रेशण गरेका छन् । तर, स्रोत पुनः डिआइजी सिलवाललाई सर्वाेच्च अदातल पुग्ने बाटो बन्द गर्दै चन्दलाई नै आइजीपी बनाउने गृहकार्यमा जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चन्दलाई आइजीपी बनाउन नमानेको खण्डमा नेपाली कांग्रेस सरकारबाट बाहिरिने र नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामध्ये एक जना प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको छ ।
जसकै कारण प्रधानमन्त्री प्रचण्ड चन्दलाई आइजीपीमा पुनः बढुवा गर्न तयार हुने स्रोतहरुको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org