ताजा समाचार

एक हजार पशु चौपायाको निःशुल्क उपचार

लहान, १३ चैत । सिरहाको लहान नगरपालिका–१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब एक हजारभन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ ।

वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा गत बिहीबारदेखि शनिबारसम्म सञ्चालित उक्त शिविरमा गाईभैँसी, बाख्रालगायत करिब एक हजारभन्दा बढी पशु चौपायाको निःशुल्क उपचार गरिएको कृषक समूह महासङ्घका रामसेवक रामले जानकारी दिए ।

शिविरमा पशु चौपायामा लाग्ने पिपिआर, नाम्ले, जुका, एचएसबीक्युलगायत रोगविरुद्धको खोप लगाउनाको साथै गाई, भैैंसी, बाख्रालगायतमा हुने बाँझोपनको समस्याको समेत उपचार गरिएको रामले बताए । शिविरका क्रममा सरकारले ल्याएको पशु बिमा कार्यक्रमबारे समेत कृषकलाई जानकारी दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org