ताजा समाचार

सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता

नेपालगन्ज। साठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ पत्रकार–११ र कोहलपुर–११ बीच भएको फुटबल खेलमा कोहलपुर–११ एक गोलले विजयी भयो ।

नकआउटका आधारमा खेलाइएको खेलमा कोहलपुर–११ का तर्पmबाट लोकेन्द्र हमालले गरेको गोल नै निर्णायक बन्यो ।

कुल चार टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि बिहान हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org