मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौं झार्ने
काठमाडौं । सरकारले मेलम्ची आयोजनामार्फत आउने पानीलाई अहिलेको भन्दा तेब्बर क्षमतामा विस्तार गने भएको छ । त्यसका लागि मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसिने भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले लक्ष्यअनुरुप काम गरे अबको दशैं अघिसम्म काठमाडौंमा पानी झरिसक्छ । ढिलै भए पनि ०७४ सालभित्र मेलम्चीको पानी काठमाडौंका धेरै घरमा पुग्नेमा आशंका छैन । त्यसपछि पनि मेलम्चीको पानी आयोजना रोकिने छैन, किनभने पहिलो चरणमा आउनेभन्दा तेब्बर पानी यही आयोजनामार्फत ल्याउन तत्काल काम सुरु हुनेछ ।
पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको अर्को प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्याउने आयोजना प्रमुख घनश्याम भट्टराई बताउँछन् ।
यो योजनाअनुरुप मेलम्ची आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।
यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३१ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एडीबीले पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार रहेको सार्वजनिक रुपमै बताइसकेको छ ।
सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेटमार्फत नै गरिसकेको छ । र, डीपीआरको काम तीव्र गतिमा अघि बढेको छ ।
अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।
मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुनेछ ।
मेलम्ची खानेपानीको क्षमता विस्तारका लागि अहिले डिजाइनिङको काम द्रुत गतिमा भइरहेको भट्टराईले बताए । ‘एक वर्षभित्र हामी डिजाइनिङको काम सकाउनेछौं । त्यसपछि यसका लागि बजेट जुटाउने प्रक्रिया पनि सुरु हुन्छ’ भट्टराईले भने, ‘यो प्रोजेक्टमा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । तर, छलफल भए टुंगिन बाँकी नै छ ।’
मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउन १० किलोमिटरको सुरु खन्नुपर्नेछ झण्ड १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।
यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको भट्टराईले बताए । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुनेछ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...