ब्राजिल विश्वकपमा छनोट हुने पहिलो राष्ट्र
एजेन्सी । छनोट चरण माध्यमबाट सन् २०१८ को विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गर्ने ब्राजिल पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेमाथि ३–० को जित निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकपको टिकट काटेको हो । ब्राजिलले १४ खेलबाट सर्वाधिक ३३ अंक बटुल्यो । ब्राजिलले छनोट चरणको अन्तिम चार खेलअघि नै लगातार विश्वकपमा स्थान बनाएको हो । ब्राजिलका लागि फिलिप काउन्टिन्हो, नेमार तथा मार्सेलोले समान एक गोल गरेका थिए ।
अर्जेन्टिना स्तब्ध
छनोट चरणमा विश्वकपको साबिक उपविजेता अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भयो । हारसँगै अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोट अंकतालिकाको पाँचाँै स्थानमा रह्यो । अर्जेन्टिनाले १४ खेलबाट २२ अंक जोडेको छ । दक्षिण अमेरिकी छनोट चरणमा शीर्ष चार स्थानमा रहने टोली सीधै विश्वकपमा छनोट हुनेछन् । पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ माध्यमबाट विश्वकपको बाटो पछ्याउनेछ ।
अर्जेन्टिना दबाबमा
अंकतालिकामा अर्जेन्टिनाभन्दा माथि कोलम्बिया, उरुग्वे तथा चिली छन् । यी तीन राष्ट्रले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाले सीधै विश्वकपमा छनोट हुनेछन् । यस किसिमको समीकरण निस्कँदा दुईपटकको विश्वच्याम्पियन्स पाँचौँ स्थानमा रहनेछ । तर, अर्जेन्टिनाले पाँचौँ स्थान सुरक्षित गर्न बाँकी रहेका चार खेलमा आफू अनुकूल नतिजा निकाल्नुपर्ने हुन्छ । चारमध्ये एक खेलमा मात्र खराब नतिजा आउँदा अर्जेन्टिनालाई इक्वेडरले उछिन्न सक्छ । यसकारण अर्जेन्टिना चर्को दबाबमा छ ।
मेसीले चार खेल गुमाए
अर्जेन्टिनी प्लेमेकर मेसीले बाँकी चारै खेल गुमाएका छन् । गत साता चिलीविरुद्धको प्रतिस्पर्धापछि मेसीले साइड लाइन्सम्यानविरुद्ध अभद्र व्यवहार गरेपछि फिफाले मेसीलाई चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको हो । खेल सकिएपछि मेसीले लाइन्सम्यानसँग केही समय विवाद गरेका थिए । त्यसवेला मेसी रिसाएका देखिन्थे ।
कोलम्बिया दोस्रो स्थानमा
छनोट खेलमा कोलम्बिया इक्वेडरलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बियाको जितमा रियल म्याड्रिडका स्टार जेम्स रोड्रिग्वेज र जुहान काड्राडोले एक–एक गोल गरेका थिए । खेलको ६१औँ मिनेटमा डिफेन्डर साइसेडोले रातो कार्ड खाएपछि इक्वेडर दस खेलाडीमा सीमित भयो । कोपा अमेरिका फुटबलको दुईपटकको साबिक विजेता चिलीले भेनेजुएलालाई ३–१ ले हरायो ।
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...