ताजा समाचार

भारतीय राजदूत र प्रधानमन्त्रीबीच भेटर्वार्ता: सत्ता लम्बिने भएपछि दाहाल मख्ख !

काठमाडौं  ।  नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भिष्टाचार भेट गरेका छन् । पुरी गत साता नै नेपाल आएपनि प्रधानमन्त्री दाहाल चीन भ्रमणमा रहेकाले भेट हुन सकेको थिए । प्रधानमन्त्री हिजो काठमाडौं फर्किएपछि पुरीले आज भेट गरेका हुन ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे ।

राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका पुरीले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org