ताजा समाचार

दलीय चुनाव चिन्ह नदिए निर्वाचन गर्न नदिने बाबुरामको चेतावनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

पार्टीको केन्द्री परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराई संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताए ।

स्थानीय निर्वाचनका लागि आफूहरुले  चुनाव चिन्ह पाउन निर्वाचन आयोगमा धर्ना दिने, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम समेत तय गरेको भट्टराईको भनाई थियो ।

यस्तै नयाँ शक्तिले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न समिति बनाएको छ । संयोजक भट्टराईकै संयोजकत्वमा निर्वाचन परिचालन समिति, केशव दाहालको संयोजकत्वमा ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरिएको पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीले जानकारी दिएको हो ।

रामचन्द्र झा संयोजक रहेको राजनीतिक सम्वाद समिति, डण्ड श्रेष्ठ संयोजक रहेको स्वयम सेवक परिचालन समिति र पासाङ शेर्पा संयोजक रहेको आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रिय दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ । यही व्यवस्था कायम रहे नयाँ शक्तिले दलीय आधारमा नभई स्वतन्त्र हैसियदमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक फरक चुनाव चिन्ह पाउन सक्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org