ताजा समाचार

राजविराजमा बम फेला पर्यो, स्थानीय त्रसित


चैत,२२ राजविराज। सप्तरीको राजविराज नगरपालिका– ४ को कल्टुपोखरी छेउमा सकेट बम भेटिएको छ । स्थानीय व्यापारीको घरमा बिहान बम फेला परेको हो ।

स्थानीय व्यापारी विनोद चौधरी ‘दास’ को घरको अगाडि गेटमा प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्छन् ।

बम निस्क्रिय पार्नको लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।

बम फेला परेको स्थानमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘क्रान्तिकारी’ को पर्चा फेला परेको प्रहरीले बताएको छ । बम भटिएपछि स्थानीयमा त्रास फैलिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org