ताजा समाचार

कमल थापाले आचारसंहिता उल्लंघन गरे : निर्वाचन आयोग

काठमाडौं २२ चैत । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले जिल्ला भ्रमणमा गएको बेला निर्वाचन आचारसंहिता उल्लंघन गरेको वताएको छ । आयोजले मन्त्री थापालाई स्पष्टीकरण सोध्ने पनि जनाएको छ । उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी नगराएका कारण यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी पुगेका थिए । स्याङ्जा सदरमुकाम सिरुवारीमा पुगेर कमल थापाले आफ्ना निकट कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए । उनी राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमा पनि गएक थिए । स्याङजाबाट पोखरा हुदैं  बाग्लुङ गएका  थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए । आचार संहिता उल्लंघन भएको छैनः बर्तौला यसैवीच राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले मन्त्री थापाबाट आचार संहिता उल्लंघन नभएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org