ताजा समाचार

‘सुरक्षा विशेषतासहितको’ मतदाता परिचयपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छपाई रहेको फोटोसहितको मतदाता परिचयपत्रमा सुरक्षा प्रविधि प्रयोग गरेको छ । आयोगले परिचयपत्रमा क्यूआर कोड,प्यान्टोग्राफ,माइक्रोटेक्स्ट र डिफ्युजको प्रयोग गरेको छ । आयोगका अनुसार नयाँ परिचय पत्रमा भिसा र पासपोर्टमा प्रयोग हुने सुरक्षा प्रविधिहरु प्रयोग गरिएको जानकारी दिएको छ । जसले गर्दा स्क्यानिड् र फेटोकपी गर्दा परिचयपत्र सक्कली वा नक्कली छुट्याउन मद्दत गर्ने छ । क्युआर कोडले मतदाताको सम्पूर्ण जानकारी सो कोड स्क्यान गरेर थाहा पाउन सकिनेछ । स्तरीय कागजमा छापिदै गरिएको रंगीन परिचयपत्रमा मतदाताको फोटोसहितको व्यक्तिगत विवरण र मतदानस्थल उल्लेख गरिएको हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org