ताजा समाचार

तामाकोशी बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने वताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले सो जानकारी गराएका हुन् ।

आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’ उनले आउनुअघि नै विजुली बचतमा जाने बताए ।

प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।
उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।

४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७५ मंसिरमा पहिलो युनिट सञ्चालनमा ल्याउने योजना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org