ताजा समाचार

आज रामनवमी पर्व : राम मन्दिरमा भक्तजनको घुँईचो

 


काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज हिन्दु धर्मावलम्वीले श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको सम्झनामा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी व्रत बसी रामको पूजा आराधना गर्ने परम्परा छ ।

असत्यमाथि सत्यको विजय तथा श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा आज जनकपुरस्थित रामजानकीको मन्दिरमा बिशेष घुइँचो लाग्छ ।
यस्तै रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गरी रातभरि भजनकीर्तन तथा जाग्राम बस्ने प्रचलन छ । मर्यादा पुरुषोत्तम एवंम् अनुशासित र नियन्त्रित राज्य सञ्चालकको रुपमा भगवानको रामको अनुशरण गर्नुपर्ने धार्मिक मान्यता छ । रामनवमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org