ताजा समाचार

ट्रमा सेन्टरमा झुन्डिएर वृद्धाले गरिन् आत्महत्या

काठमाडौं २४ चैत । ट्रमा सेन्टरको पाँचौ तलामा झुन्डिएर एक वृद्धले आत्महत्या गरेकी छन् । मिजी १– बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्तिमगरले विहिबार विहाना झुन्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्‍याएको छैन । अस्पतालमा कुरुवा बसेकी जयकलाकी छोरीसितको कुराकानी पश्चात्त मात्रै आत्महत्याको कारणबारे थाहा हुन सक्ने प्रहरीको भनाइ छ ।

मगरको आत्महत्याको कारण खुल्न नसकेपनि आर्थिक समस्याको कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान लगाइएको छ अस्पताल स्रोतका अनुसार शल्यक्रिया गरेवापत चर्को शुल्क  तिर्नुपर्ने बेडमा रहेका अन्य बिरामीहरुबाट सुनेपछि जयकला तनावमा थिइन् ।

हड्डिको  रोगले ग्रसित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं.५३३ मा उपचाररत थिइन् । जयकलाको आत्महत्याले आफूहरु स्तब्ध भएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद उपाध्यायले बताए ।

डा.उपाध्यायका अनुसार बिरामीको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थिएन । उनमा टीबीको आशंका गरिएको थियो र बायोप्सी जाँचका लागि आवश्यक सामाग्री बिरामीका आफन्तले किनिसकेका थिए ।

अस्पतालको बेड चार्ज पनि दैनिक २ सय रुपैयाँमात्रै थियो । आर्थिक समस्या परेको भए सहुलियतसमेत गर्न सकिने भएकाले आर्थिक कारणले उनले आत्महत्या गर्नुपर्ने कारण नदेखिएको डा. उपाध्यायको भनाइ छ ।

जयकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org