प्रचार नहुँदा क्षेत्रीय संग्रहालय ओझेलमा
सुर्खेत । विभिन्न संस्कृति तथा भाषाभाषी भएको संगम स्थलको रुपमा चिनिने यस सुर्खेत जिल्लामा पर्यटनको थुप्रै सम्भावनाहरु रहेको छ ।
पर्यटनको विविध सम्भावना बोकेका प्राकृतिक र धार्मिक लगायतका विभिन्न क्षेत्रको विकासको पर्याप्त सम्भावनालाई कुरेर बसेको सुर्खेत पछिल्लो समय पर्यटकिय आकर्षक गन्तव्यको केन्द्रविन्दु बन्न पुगेको छ । यस जिल्लामा अवस्थित क्षेत्रीय संग्रहालय एक महत्वपूर्ण संग्रहालयको रुपमा हेर्न सकिन्छ ।
यो संग्रहालय वि.स २०४६ सालमा स्थापनमा भए पनि २०५७ सालबाट सञ्चालनमा ल्याईएको पाईन्छ । विभिन्न जातजातीको मौलिक पहिचान झल्कने पुरातात्विक विभिन्न सामाग्री संकलन भण्डारण र संरक्षण गरी क्षेत्रीय स्तरमा बहुउद्देशीय संग्रहालय रुपमा विस्तार गरे पनि केही वर्ष ओझेलमा परेको छ ।
जिल्लामा धेरै जातजातीको बासिन्दाहरुको बहुलियता भए पनि अहिले यो संग्रहालमा विशेष गरी ४ वटा समुदायका परम्परागत भेषभुषा झल्कने पुराना राजाहरुका पालका चाँदीका सिक्का, भाँडाकुडा, हाते औजार, बाजागाजाहरु राखिएको छ । यस संग्रहालयमा अध्ययन तथा अनुसन्धान गर्न आउने जो कोहीले पनि यसको अवलोकन गर्न पाउँछन् । संग्रहालयमा मगर, थारु, राउटे जातीको परम्परा झल्कने सामाग्रीहरु पनि राखिएको छ भने गत वर्षबाट कुमाल जातीको भेषभुषा पनि राखिएको छ ।
सिमान्तकृत समुदायका बासिन्दाहरु लोप हुने अवस्था छन् । स्थानीय युवक डिलबहादुर बोटेले बोटे समुदायको पनि भेषभुषा संग्रहालयमा राख्नुपर्ने सुझाव दिए । साथै बोटे जातिको संरक्षणमका सरकारले उचित ध्यान नदिएको गुनासो पनि पोखे । संग्रहालयमा अवलोकनमा आउने अवलोकनकर्ताले विशेष गरी ४ वटा जातीको मात्र नभई ब्राह्मण र क्षेत्री लगायत अन्य जातिको परम्परा झल्कने भेषभुषा राख्न सुझाव दिएका छन् ।
संग्रहालय प्रमुख नवराज अधिकारीले २०७३ साल साउनदेखि फागुन सम्म ६ हजार ५ सय ८४ जनाले संग्रहालयमा अवलोकन गरेको जानकारी दिए । जसमा ३ हजार ६ सय ८७ जना विद्यार्थीले संङग्रालय अवलोकन गरेको तथ्याङ्क छ । त्यस्तै सर्वसाधारण २ हजार ८ सय ६८ जना, सार्क राष्ट्रबाट ३ जना र अन्य मुलुकबाट ६ जनाले संग्रहालय अवलोकन गरेको अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीले शुक्रबार र शनिबार धेरै अवलोकनकर्ता आउने जानकारी दिए । प्रत्येक हप्ताको मंगलवार बिदा हुन्छ । अन्य जिलला कैलाली, बाँके, बर्दिया, जाजरकोट र दैलेख लगायतबाट पिकनिक आउने गरेको उनले जानकारी दिए । पूर्वाधार निमार्ण कार्य भइरहेकाले साउन महिनादेखि नयाँ संग्रहालय खुल्ने प्रमुख अधिकारीको भनाई छ ।
ऐतिहासिक पुरातात्विक संस्कृति संरक्षण तथा संमवद्र्धन गर्नका लागि ३१ वटा ठाँउहरुलाई अनुदान दिएको उनले बताए । अबको मध्यपश्चिमाञ्चल क्षेत्रीय सङग्राहलयबाट नयाँ संग्रहालय निमार्णमा क्षेत्रीय संग्रहालयसँग सम्झौता भई अछाम जिल्लामा बैलयता क्षेत्रमा सँस्कृतिक संग्रहालयको स्थापनाको लागि दश लाख, कैलाली जिल्ला पथटैया गाविसमा जातिय संग्रहालय स्थापनाका लागि २० लाख, लम्की कैलाली चुहा नगरपालिकामा सांस्कृतिक संग्रहालय स्थापना दश लाख र धनगडी जातिय संग्रहालय स्थापनमा पाँच लाख यसै गरी जुम्ला जिल्ला खस संग्रहालयको बाँकी कार्य भइरहेको अधिकारीले जानकारी दिए ।
उनले संग्रहालयको प्रवेश सम्बन्धि संक्षिप्त जानकारी लिनेको लागि नेपाल टेलिकमको सहयोगमा अडियो नोटिस बोर्ड सेवा सञ्चालन गरेको सङग्राहलय प्रमुख अधिकारीले बताए । सेवा लिनको लागी १६१८०८३५२१०७० मा डायल गरी सुन्न सकिने उनको भनाई छ ।
परम्परागत भेषभुषा, बाजागाजा, औजार हातहतियार लोप हुन लागेका जातजातीहरुको अध्ययन अनुसन्धान गरी संस्कृतिको जर्गेना गर्न सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । चासो दिएनौ भने अहिले लोप हुन लागेको जातिहरुको अस्तिवका बारेमा नयाँ पुस्त बेखबर हुनेछन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...