ताजा समाचार

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

काठमाडौं २५ चैत  । नेपाल टेलिकमको नेटवर्कमा शंकास्पद  नम्बरबाट कल आउन थालेपछि टेलिकमले कल नउठाउन आफ्ना आग्रहकलाइ गरेको छ ।

टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न देशको कोण नम्बरबाट कल आएकाले ग्राहक सशंकित  भएको टेलिकमले जनाएको छ।  टेलिमकले (+२१६९८… +६७४५.. +२१२ ) लगाएतका विभिन्न अन्तर्राष्ट्रिय फोन नं. बाट गलत नियतले मिस्ड कल गर्नेहरुलाइ सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको जनाएको छ ।

बुधबार रातिबाट टेलिकमको जिएसएम नेटवर्कको प्रिपेड र पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आएका थिए । कल आएपछि कल ब्याक गर्दा मोबाइलको सबै ब्यालेन्स सकिएको गुनासो ग्राहकले गरेपछि टेलिकमले त्यसलाई रोक्न नम्बर ब्लक गर्न लगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org