ताजा समाचार

स्थानीय चुनावमा ८० पार्टीले भाग लिने , आयोगले थप्यो पत्र बुझाउने म्याद चैत ३० सम्म

 

चैत, २६ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने राजनीतिक दलहरुको नामावली सूचि प्रकाशित गरेको छ, जसमा ८० वटा दलहरुको नाम रहेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा सहभाति हुने दलहरुको सार्वजनिक सूची निकालेको छ पहिलो, कांग्रेस , नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र तेस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को नाम छ । निर्वाचनमा भाग लिने दलहरुको सूचीको पाँचौं नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम रहेको छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा यो निर्वाचनमा हाम्रो सहभागिता नरहने भन्दै आइरहेका मधेसवादी दलहरुको नाम पनि छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरमले यस्तो स्थितिमा निर्वाचनमा भाग नलिने बताइरहे पनि उसको नाम निर्वाचनमा भाग लिने दलहरुको सूचीको छैटौं नम्बरमा छ ।

निर्वाचनलाई सधै बहिस्कारगर्ने राजेन्द्र महतोको पार्टीको नाम आठौं नम्बरमा छ । निर्वाचनको विपक्षमा रहेका राजकिशोर यादवलगायत दलको नाम पनि आयोगले निर्वाचनमा भाग लिने भनेर निकालेको दलको सूचीमा छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, विवेकशील नेपाली दलको नाम सूचीमा छ । निर्वाचनमा भाग लिने दलको सूचीमा भर्खरै खुलेका पार्टीहरु छैनन् ।साथै  रविन्द्र मिश्रको साझा पार्टीको नाम पनि छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org