ताजा समाचार

‘वाला’ टोले गुण्डा फेरि पक्राउ

 

चैत २६, काठमाडौं । प्रहरीले ( वाला ) योगेन्द्र लामालार्इ पक्राउ गरेको छ । काभ्रेको पोखरी नाराणस्थान घर भएको र अहिले पुरानो बानेश्वर बस्ने लामा टोले गुण्डा भएको प्रहरीले बताएको छ ।
व्यवसायीहरुलाई धम्क्याउने र जवरजस्ती रकम असुली गर्ने गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले वालालार्इ लाजिम्पाटमा पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारवाहिको लागि उनलार्इ महानगरीय प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ ।

प्रहरीका अनुसार उनी यो भन्दा अगाडी धेरै चोटि पक्राउ परेका थए । गत वर्षको जेठमा गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ परेपनि १० हजार धरौटीमा छुटेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org