ताजा समाचार

न्यायालयलाई संसदको ‘अण्डर ’मा राख्नुपर्छः कांग्रेस महामन्त्री शँशाक कोइराला

 

 

चैत २६, बिराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले व्यवस्थापिकाको नियन्त्रणमा न्यायपालिका राख्न आवश्यक भएको बताएका छन् । सरकारले नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा निर्णयमा निर्णय गर्न नसकिरहेका समयमा कांग्रेस महामन्त्री कोइरालाको यस्तो भनाइ आएको हो ।
महामन्त्री कोइरालाले बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने ( व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको छ, शक्ति पृथकिकरणका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक देखिन्छ ) ।

प्रहरीको आइजीपी नियुक्ति गर्ने कार्य सरकारको क्षेत्राधिकार भित्र पर्ने भन्दै ,आइजीपी नियुक्ति गर्ने विषयमा अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप समेत लगाए । ‘प्रहरीको आईजीपी कसलाई नियुक्त गर्ने भन्ने कुरा सरकारको हो, त्यो न्यायपालिकाको कार्यक्षेत्र बाहिरको कुरा हो, यसमा अदालतको चासो बढ्नु उचित होइन ’ कोइरालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org