ताजा समाचार

एनसेल कर छली प्रकरण : प्रधानमन्त्रीले आज जवाफ दिदै

काठमाडौं । एनसेल खरिद बिक्रीमा कर छली प्रकरणमा सरकारको संलग्नता देखिएपछि त्यसको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदको लेखा समितिमा दिदै भएका छन् । एनसेलको पुँजिगत लाभकरमा सरकारको संलग्नताको समाचार प्रसारण भएपछि समिति सदस्यहरुले जवाफका लागि प्रधानमन्त्री दाहाललाई बोलाएका थिए ।

सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाईएको लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलले कर तिर्नु पर्ने÷ नपर्ने बिषयमा जवाफ दिने समिति सदस्य समेत रहेका कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए । यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसंग त्यसको जवाफ माग गरेको हो ।

अर्थमन्त्री महराले प्रधानमन्त्रीको निर्देशनमा सो प्रस्ताव मन्त्रीपरिषदमा पेश भएको जवाफ दिएपछि समितिले प्रधानमन्त्री दाहालसंग एनसेल प्रकरणमा सरकारसंग प्रष्ट हुन चाहेको हो । समितिले ३ महिनाभित्र एनसेलसंग पुँजिगत लाभकर असुल्न अर्थमन्त्रालय र राजस्व विभागलाई निर्देशन दिएपनि सरकारी नियका संस्थागत रुपमा नै एनसेललाई जोगाउन लागेको आरोप लाग्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org