ताजा समाचार

मध्यराति शहर जुरुक्क उठेपछि…

एजेन्सी ।  टर्कीको शहर कास्तामोनुका बासिन्दा राति १ बजे अचानक बिउँझे । शहरमा जताततै राखिएको लाउडस्पिकरबाट अश्लिल स्वर गुञ्जिरहेको थियो । नमाज बज्ने लाउडस्पिकरबाट मैथुनरत जोडीको आवाज आएपछि सबैले आ–आफ्नो मोबाइलमा रेकर्ड गरे र सामाजिक सञ्जालमा हालिदिए । उक्त आवाज भाइरल बनेपछि बल्ल प्रशासन सक्रिय बन्यो । शहरका मेयरले छानबिन गर्ने घोषणा गरे । सरकारी कर्मचारीले कार्यालयमा बसेर अश्लिल फिल्म हेर्ने गरेको र हेर्दा रेडियो ‘अफ’ गर्न बिर्सेको जनताको बुझाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org