ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज पनि स्थगित

काठमाडौं । आज अपरान्ह ३ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम समयमा स्थगित गरेका छन् ।

उपप्रधानमन्त्री द्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विषयमा भएको विवाद र आइजीपी नियुक्ति सम्बन्धी सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन बारे अन्यौल हुँदा झण्डै एक महिनादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।

राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित सरकारमा सहभागी गराएपछि कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग वरियता विवाद उत्पन्न भएको छ । मन्त्रिपरिषद्को बैठक चैत ३ गते यता बस्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org