ताजा समाचार

‘स्थानीय तहको निर्वाचन एकै चरणमा’

सिन्धुली, २८ चैत्र । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ ।
सिन्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम छ भन्नुभयो ।
निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “अहिलेसम्म केही जिल्लाका मतदाता परिचयपत्र छपाइ सकिएको र बाँकी जिल्लाको पनि छपाइ कार्य सम्पन्न गरी बैशाख २७ गतेभित्र सबै जिल्लाका मतदान स्थलमा पु¥याइनेछ ।”
सो प्रशिक्षक तालिममा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org